बिश्व

पत्रकारलाई घरमै गोली हानी हत्या

काठमाडौं, १६ जेठ । युक्रेनको किभमा कार्यरत रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको छ । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ । घटनालगत्तै उपचारका लागि लैजाने […]

२०७५ जेष्ठ १६ गते, बुधबार

गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने

काठमाण्डौ, १३ जेठ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ । गर्भपतनसम्बन्धी कानुन संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानुनलाई उदार बनाइने भएको हो । जनमत संग्रहमा ३३.६ प्रतिशतले भने अहिलेको कानुनलाई नै निरन्तरता दिनुपर्ने मत जाहेर गरेका छन् । आयरल्यान्डमा अहिले गर्भपतनलाई अवैध मानिन्छ । […]

२०७५ जेष्ठ १३ गते, आईतवार

ट्रम्पले लेखे किमलाई पत्र ( पत्रसहित )

काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोशका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

अमेरिकाद्वारा शिखर वार्ता स्थगित

काठमाडौं, ११ जेठ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा निराशा व्यक्त गरेको छ । उत्तर कोरियाले वार्ता स्थगित गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विश्वको इच्छाअनुसार नभएको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

चीनमा रहेका अमेरिकी नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव

काठमाडौं, १० जेठ । अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ । चीनमा रहेका एक अमेरिकीको रहस्यमय स्थितिपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन चेतावनी दिएको हो । चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले कडा, संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई […]

२०७५ जेष्ठ १० गते, बिहीबार

‘शिखर वार्तामा केही ढिलाई हुनसक्छ’

काठमाडौं, ९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताएका छन् । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो । उत्तर […]

२०७५ जेष्ठ ९ गते, बुधबार

इरानद्वारा अमेरिकाकाे कडा विराेध

काठमाडौं, ८ जेठ । अमेरिकाले इरानविरूद्ध इतिहासकै सबैभन्दा कडा नाकाबन्दी लगाउने बताएपछि इरानले अमेरिकी प्रशासनकाे कडा अालाेचना गरेकाे छ । अमेरिकी विदेशमन्त्री माईक पोम्पअाेकाे उक्त भनाइकाे कडा निन्दा गर्दै इरानका राष्ट्रपति हसन रूहानीले ‘इरान र विश्वका लागि निर्णय गर्ने’ अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । इरानी राष्ट्रपति हसन रूहानी इरानी विदेशमन्त्री जवाद जारिफले भनेका […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

क्युवामा दुई दिने शोकको घोषणा

काठमाडौं, ६ जेठ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिने शोक घोषणा गरिएको छ । विमान दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको थियो । उड्ने वित्तिकै समस्या आएपछि विमानस्थल नजिकैको खेतमा जोतिएर आगो लाग्दा विमानमा रहेका चालक दलका सदस्यसहित १ सय १० जना मध्ये तीन […]

२०७५ जेष्ठ ६ गते, आईतवार

इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु गठबन्धन विजयी

काठमाडौं, ५ जेठ । इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ । निर्वाचन आयोगका अनुसार अल सद्रको गठबन्धनले ५४ सीट जितेको छ भने इरान समर्थक फतह गठबन्धनले ४७ सीटसहित दोस्रो स्थान पाएको छ । वर्तमान प्रधानमन्त्री हैदर अल अबादीको दल भने ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ […]

२०७५ जेष्ठ ५ गते, शनिबार

विमान दुर्घटना, १ सयको मृत्यु, तीन जनाको जिवितै उद्धार

काठमाडौं, ५ जेठ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो […]

२०७५ जेष्ठ ५ गते, शनिबार