बिश्व

हेलिकोप्टर दुर्घटना, चालकको मृत्यु

काठमाण्डौ , २५ वैशाख । रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुईजना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुईजना चालकको ज्यान गएको जानकारी दिएको जनाइएको छ । रुसी समाचार समिति ‘इतार तास’ले जनाएअनुसार उक्त दुर्घटनाको कारण […]

२०७५ बैशाख २५ गते, मंगलवार

सिरियामा लडाकुहरुले सहर छाड्न थाले

काठमाडौं, २५ बैशाख । सिरियामा विद्रोही नियन्त्रित रस्तान शहरबाट परिवारसहित लडाकुहरु उत्तरी सिरियाका लागि निस्कन शुरु गरेका छन् । होम्स् र हामा शहरकोबीचमा रहेको रस्तानबाट सयौं लडाकुहरु निस्किरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुस समर्थित असाद सरकारसंगको सहमति पछि लडाकुहरुलाई उनीहरुको नियन्त्रण रहेको उत्तरी सिरियाको इद्लिव तर्फ सुरक्षित रुपमा जान मार्ग प्रदान गरिएको हो । […]

२०७५ बैशाख २५ गते, मंगलवार

गृहमन्त्रीमाथि गोली प्रहार , अवस्था खतरामुक्त

काठमाडौं, २४ बैशाख । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । पाखुरामा गोली लागेर घाइते भएका उनको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । […]

२०७५ बैशाख २४ गते, सोमबार

राष्ट्रपतिविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ

काठमाडौं, २३ बैशाख । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका थिए । मस्कोमा […]

२०७५ बैशाख २३ गते, आईतवार

कार्ल माक्र्सको दुर्लभ अन्तर्वार्ता

कम्युनमाथि जति हिलो छ्यापियो, त्यति त आजसम्म कुनै पनि अरु आन्दोलनमाथि छ्यापिएको छैन – कार्ल माक्र्स सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘शिकागो ट्रिब्युनुका एक संवाददाताले कार्ल माक्र्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युनु समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरू समान ठानिएका र हरेक […]

२०७५ बैशाख २२ गते, शनिबार

सैन्य शीर्षकमा १७०० अर्ब डलर खर्च !

काठमाडौं, २१ बैशाख । सन् २०१७ मा विश्वभरका मुलुकले सैन्य शीर्षकमा १७ सय अर्ब डलर खर्चिएको तथ्यांक सार्वजनिक भएको छ । संसारभरका देशले गरेको सैन्य खर्चमाथि अनुसन्धान गर्ने स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्ष्टिच्यूट (सिप्री)को प्रतिवेदन अनुसार अमेरिका एक्लैले सैन्य क्षेत्रमा ६१० अर्ब डलर खर्चिएको छ । त्यस्तै रुसले अघिल्लो वर्षभन्दा २० प्रतिशत कम अर्थात ६६ […]

२०७५ बैशाख २१ गते, शुक्रबार

सैनिक विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, २० बैशाख । अमेरिकाको जर्जियामा सैनिकको कार्गो विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अमेरिकी सैनिकको सी १३० विमान दुर्घटनामा मारिनेमा पाँच जना चालक दलका सदस्य र अरु चार जना यात्रु रहेको बताइएको छ । उडान भरेको केही समयमै विमान राजमार्गमा खसेको थियो । नेसनल गार्डहरुको प्रशिक्षणका क्रममा रहेको बिमान दुर्घटनाबारे छानबिन […]

२०७५ बैशाख २० गते, बिहीबार

ईरानले झुट बोल्दै आएको इजरायली प्रधानमन्त्रीको दावी

काठमाडौं , १८ बैशाख । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘परमाणु हतियार बनाउने प्रयास नगरेको’ ईरानको दाबी झुटो भएको बताएका छन् । इजरायलले प्राप्त गरेका हजारौं गोप्य दस्तावेजअनुसार ईरानले पूरै विश्वलाई ढाँटेको नेतन्याहुको आरोप छ । उक्त दस्तावेजलाई ‘गोप्य परमाणु फाइल’ नाम दिँदै नेतन्याहुले विश्वलाई ढाँटेर ईरानले परमाणु हतियार बनाउने कोशिस गरिरहेको बताए । तेल अवीबस्थित […]

२०७५ बैशाख १८ गते, मंगलवार

किम र मुनबीच ऐतिहासिक वार्ता

काठमाडौं, १४ बैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले […]

२०७५ बैशाख १४ गते, शुक्रबार

फ्रान्सका राष्ट्रपतिद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं, १३ बैशाख । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्‍याउने बताए । उनको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या […]

२०७५ बैशाख १३ गते, बिहीबार