बिश्व

अमेरिकाको लस एन्जल्समा हिंसा भड्किँदै

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा सरकारले छापा मारेपछि सुरु भएको विरोध हिंसामा परिणत भएको छ। राज्य सरकारको सहमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आप्रवासीविरुद्ध सहरमा छापा मार्न सुरु भएपछि हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका हुन्। अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन्। सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड […]

२०८२ जेष्ठ २७ गते, सोमबार

ट्रम्प र मस्कको सम्बन्ध अन्त्य !

काठमाडौँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति तथा टेस्ला कम्पनीका मालिक एलन मस्कसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मस्कसँग अब कुनै प्रकारको सम्बन्ध नरहको बताएका हुन् ।अन्तर्वार्तामा ट्रम्पलाई सोधिएको थियो–मस्कसँगको सम्बन्ध समाप्त भएकै हो रु जबाफमा ट्रम्पले संक्षिप्त उत्तर दिए, ‘हो ।’ ट्रम्पलाई फेरि सोधियो–के तपाईं […]

२०८२ जेष्ठ २६ गते, आईतवार

रुसद्वारा युक्रेनमा हवाई आक्रमण : ५ जनाको मृत्यु , २० जना भन्दा बढी घाइते

काठमाडौँ । रुसले युक्रेनमा हवाई आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन्।खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ। बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग […]

२०८२ जेष्ठ २६ गते, आईतवार

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडाैं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनिबार दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको […]

२०८२ जेष्ठ २५ गते, शनिबार

ट्रम्पले चीन भ्रमण गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजना बनाएका ​​छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोन वार्ता पछि उनले यस्तो बताएका हुन् । ट्रम्पले सीलाई अमेरिका भ्रमणको लागि निम्तो समेत दिएका छन् । तर दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूले […]

२०८२ जेष्ठ २४ गते, शुक्रबार

सी जिनपिङ र ट्रम्पबीच वार्ता

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच वार्ता भएको छ। उक्त वार्तामा राष्ट्रपति सी जिनपिङले डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई सच्याउनुपर्ने बताएका छन् । वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसा जस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा भएको वार्तामा चीनले बाटो सच्चाउन अमेरिकालाई आग्रह गरेको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार […]

२०८२ जेष्ठ २४ गते, शुक्रबार

१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन्। अमेरिकी सुरक्षामा खतरनाक विदेशी तत्वहरूको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै उनले यस्तो कदम चालेका हुन्। ह्वाइट हाउसका अधिकारीहरूले भनेका छन् कि यो निर्णय राष्ट्रपति ट्रम्पको चुनावी प्रतिज्ञाअनुसार अमेरिकालाई बाह्य खतराबाट जोगाउन लिइएको हो।प्रतिबन्धित देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, […]

२०८२ जेष्ठ २३ गते, बिहीबार

गाजामा दुईसय पत्रकार तथा मिडियाकर्मीको मृत्यु

काठमाडौँ । युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ । बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले […]

२०८२ जेष्ठ २२ गते, बुधबार

ट्रम्पद्वारा स्टिल र अल्मनियममा ५० प्रतिशत कर वृद्धि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा लगाउने आयात कर बढाएर ५० प्रतिशत बनाएका छन्। मार्च यता दोस्रो पटक कर लगाइपछि क्यानको खाद्यान्नदेखि कारसम्मको मूल्य बढ्ने अनुमान गरिएको छ। ट्रम्पले बुधबारदेखि नै लागु हुने गरी यो निर्णयमा हस्ताक्षर गरेका हुन्।आलोचकले यसले अमेरिकाका धातुबाट बन्ने सामग्रीको मूल्य धेरै वृद्धि हुने बताइएको छ। धेरै […]

२०८२ जेष्ठ २२ गते, बुधबार

दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित

काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रिय निर्वाचन आयोगले कोरियाको २१औं राष्ट्रपतिका रूपमा ली जे–म्युङ निर्वाचित भएको घोषणा गरेको छ। लीले ४९ प्रतिशत मत प्राप्त गरेको र प्रमुख प्रतिद्वन्द्वी, पीपल पावर पार्टीका किम मुन–सूले ४२ प्रतिशत मत प्राप्त गरेका छन्। यो निर्वाचन पूर्वराष्ट्रपति यून सुक योलको पदच्युतिपछि सम्पन्न भएको हो।योलले आपतकालीन अधिकार प्रयोग गर्दै मार्शल ल लागू […]

२०८२ जेष्ठ २२ गते, बुधबार