बिश्व

असदलाई ‘कसाइ’को संज्ञा

काठमाडौं, ३१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति बशर अल असदलाई ‘कसाइ’को संज्ञा दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनबर्गसँग संयुक्त प्रेस सम्मेलनमा उनले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गरिनुपर्ने बताए । गत हप्ता सिरियाली शासकले रासायनिक आक्रमण गरी आफ्नै देशका नागरिकको आमहत्या गरेपछि अन्तर्राष्ट्रिय जगतमा आलोचना […]

२०७३ चैत्र ३१ गते, बिहीबार

‘मिसाइल आक्रमणले परमाणु कार्यक्रम सफल भयो’

काठमाडौं, २७ चैत । उत्तर कोरियाले सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणले आफ्नो परमाणु कार्यक्रम सही सावित भएको जनाएको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सरकारी प्रवक्तालाई उद्धृत गर्दै परमाणु कार्यक्रम थप बलियो बनाउने निर्णय सही देखिएको जनाएको उल्लेख गरेको छ । सैन्य शक्तिबाटै साम्राज्यवादी आक्रामकताबाट बचाउने भन्दै उत्तर कोरियाले अमेरिकी आक्रामकता सामना गर्न सैन्य शक्ति […]

२०७३ चैत्र २७ गते, आईतवार

सिरियामाथि अमेरिकी आक्रमण , राष्ट्रसंघ चिन्तित

काठमाडौं, २६ चैत । अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघले परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अवस्था अरु बिग्रन नदिनेतर्फ सचेत रहन आग्रह गरेका हुन् । अमेरिकी आक्रमणलाई सिरियाले भने गैरजिम्मेवार र हतारमा उठाएको कदम भनेको छ । रासायनिक आक्रमणका लागि प्रयोग गरेको सैन्य अड्डालाई निशाना […]

२०७३ चैत्र २६ गते, शनिबार

अमेरिकाद्वारा सिरियामा हमला

काठमाडौं , २५ चैत । अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो । सिरियाको थुप्रै क्षेत्रमा अमेरिकाले ५० भन्दा बढी टामहाक क्रूज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले जनाएका छन् । प्रहारको […]

२०७३ चैत्र २५ गते, शुक्रबार

कोलम्बियामा संकटकाल

काठमाडौं, २२ चैत । कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई सयभन्दा धेरै व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय संकटकाल घोषणा गरेका हुन् । नेपाली समय अनुसार शनिबार बेलुका गएको […]

२०७३ चैत्र २२ गते, मंगलवार

सन्चारकर्मीमाथि हुने हिंसाविरुद्ध पत्रिका प्रकाशन बन्द

काठमाडौं, २१ चैत । मेक्सिकोमा सन्चारकर्मीमाथि हुने हिंसाविरुद्ध स्थानीय पत्रिकाहरुले आफ्नो प्रकाशन बन्द गरेका छन् । पत्रिकाहरुले आफ्ना सहकर्मीमाथि बढ्दो हिंसा र कारबाही गरिएका कारण बाध्यतावश प्रकाशन बन्द गरेको जनाएका छन् । गत महिना ‘नोर्टे डी सियुडाड जारेज’ पत्रिकाका एक पत्रकार मिरास्लाव ब्रीचको गोली हानी हत्या गरिएको थियो । मार्चमा अरु दुईजना पत्रकारको पनि हत्या […]

२०७३ चैत्र २१ गते, सोमबार

कोलम्बियामा बाढी पहिरो,सयौको मृत्यु

काठमाडौं, २० चैत । लेटिन अमेरिकी मुलुक कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि २ सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् । २ सय २ जना घाइते भएको जनाईएको छ । पुटुमायो प्रान्तका कैंयौ गाँउ पहिरोले पुरिएका छन् । प्रान्तका अधिकांश […]

२०७३ चैत्र २० गते, आईतवार

मलेसिया किम जोङ नामको शव बुझाउन तयार

काठमाडौं, १८ चैत । मलेसियाले उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाई किम जोङ नामको शव उत्तर कोरियालाई बुझाउने भएको छ । मलेसियाका प्रधानमन्त्री नजीव रजाकले नामको मृत्युको कारण अनुसन्धान गरिरहेका अधिकारीहरुले उनको शव उत्तर कोरियालाई बुझाउन अनुमति दिएको बताए । प्योङयाङसँगको वार्तापछि मलेसियाले नामको शव बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री रजाकले अब […]

२०७३ चैत्र १८ गते, शुक्रबार

आत्मघाती विस्फोटमा १५ जनाको मृत्यु

काठमाडौं, १७ चैत । इराकको राजधानी बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । घटनामा चरमपन्थी संगठन इस्लामिक […]

२०७३ चैत्र १७ गते, बिहीबार

अष्ट्रेलियामा समुद्री आँधी , ६३ हजार मानिस प्रभावित

काठमाडौं, १६ चैत । अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी दिइएको छ । डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पु-याएको छ । आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् । विद्युत आपूर्ति बन्द हुंँदा ६३ हजार मानिस प्रभावित भएका छन् । […]

२०७३ चैत्र १६ गते, बुधबार