बिश्व

भारत र पाकिस्तानबीच तनाव बढ्दै

काठमाडौं, १६ असोज । भारत र पाकिस्तानका सेना एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि तनाव बढ्दै गएको छ । जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ । पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको […]

२०७३ आश्विन १६ गते, आईतवार

पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की

काठमाडौं, १५ असोज । पाकिस्तानका प्रमुख चलचित्र हलहरुले भारतीय चलचि प्रदर्शन रोकेका छन् । भारत र पाकिस्तानबीच जारी तनावपछि चलचित्र हलहरुले यसलाई देशको सैन्यबलको समर्थनमा चालिएको कदम बताएका छन् । भारत प्रशासित काश्मीरको उडी सेक्टरमा भएको चरमपन्थी आक्रमणमा भारतीय सैनिकको मृत्यु र भारतीय सेनाको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीपछि दुवै देशबीच तनाव चलिरहेको छ। […]

२०७३ आश्विन १५ गते, शनिबार

रुसद्वारा सिरियामा आक्रमण जारी राख्ने उदघोष

काठमाडौं, १४ असोज । रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले आफ्ना वायुसेनाले सिरियाली सुरक्षा बललाई दिएको समर्थन जारी रहने स्पष्ट पारेका हुन् । […]

२०७३ आश्विन १४ गते, शुक्रबार

पाकिस्तानद्वारा राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान

काठमाडौं, १३ असोज । पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान गरेको छ । उसले भारत प्रशासित कास्मिर क्षेत्रमा तनाव बढे पछि सुरक्षा समितिको बैठक आह्वान गरेको हो । भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात् सर्जिकल स्ट्राइक्सपछि दुवै देशबीच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका […]

२०७३ आश्विन १४ गते, शुक्रबार

‘जियोथर्मल’ विद्युत् उत्पादनको तयारी

काठमाडौ, १३ असोज । केन्यामा विद्युत् उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत् उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना सुरुआत गरिसक्ने जनाइएको छ । पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत् शक्तिमा परिणत गरी भन्डारण र विद्युत् आपूर्ति गर्ने […]

२०७३ आश्विन १३ गते, बिहीबार

ओबामाले लगाएको भिटो खारेज

काठमाडौं, १३ असोज । अमेरिकी कंग्रेसले राष्ट्रपति बराक ओबामाले लगाएको भिटो खारेज गरिदिएको छ । सेप्टेम्बर–११ सँग सम्बन्धित विधेयकमाथि राष्ट्रपति ओबामाले लगाएको भिटो अस्वीकृत गर्ने पक्षमा कंग्रेसले मतदान गरेको हो । खारेज गरिएको विधेयकमा सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणका पीडित परिवारले साउदी सरकारको विरुद्धमा मुद्दा दायर गर्न सक्ने अधिकार दिइएको थियो । ओबामाले आफ्नो […]

२०७३ आश्विन १३ गते, बिहीबार

पाकिस्तानलाई भुटान र नेपालजस्तो नसम्झिनु : मुशर्रफ

काठमाडौं, १२ असोज । भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग कुरा गर्दै पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका छन् । मुशर्रफले भने, ‘पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश हो ।’ पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार प्रकाशमा आएको […]

२०७३ आश्विन १२ गते, बुधबार

बहस सञ्चालकले पक्षपात गरेः डोनाल्ड ट्रम्प

काठमाडौं, १२ असोज । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्याट्रिक उम्मेदवार हिलारी क्लिन्टनको बहस अहिले चर्चामा रहेको छ । राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय बहसका सञ्चालक वरिष्ठ पत्रकार लेस्टर होल्टले पक्षपात गरेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना विपक्षी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई भन्दा आफूलाई कडा र धेरै प्रश्न सोधेर […]

२०७३ आश्विन १२ गते, बुधबार

पहिलो टेलिभिजन बहसमा क्लिनटन “राम्रो ”

काठमाडौँ, ११ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ । […]

२०७३ आश्विन ११ गते, मंगलवार

५२ वर्ष लामो गृहयुद्ध अन्त्य

काठमाडौँ , ११ असोज । कोलम्बिया सरकार र बामपन्थी पार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ। यो शान्ति सम्झौतासँगै कोलम्बियामा विगत ५२ वर्षदेखि जारी संघर्ष औचापरिक रुपमा समाप्त भएको छ। यो सम्झौतासँगै युरोपियन संघले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी समूहको आफ्नो सूचीबाट हटाएको छ। कार्टिजेनामा फार्क विद्रोहीका नेता तिमान्शेको र कोलम्बियाका राष्ट्रपति मैनुअल सान्तोसले सम्झौतामा हस्ताक्षर […]

२०७३ आश्विन ११ गते, मंगलवार