बिश्व

नाइजेरिया पोलियोमुक्त

काठ्माडौ, १० साउन । विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुक नाइजेरियालाई ‘पोलियोमुक्त राष्ट्र’ घोषणा गरेको छ । सन् २००३ देखि पोलियो प्रभावित देशको सूचीमा रहेको नाईजेरियामा सन् २०१५ मा पोलियोको कुनै बिरामी देखा नपरेपछि पोलियोमुक्त राष्ट्र घोषित गरिएको हो । अफगानिस्तान र पाकिस्तान भने पोलियो प्रभावित राष्ट्रको सूचीमा अझै कायम छन् । यी दुई देशमा यही […]

२०७२ श्रावण १० गते, आईतवार

माओवादीद्वारा २४ वटा ट्रकमा आगजनी

काठमाडौं, ९ साउन । भारतको झारखण्ड राज्यमा माओवादीले २४ वटा ट्रकमा आगो लगाएका छन् । झारखण्डको बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड सिसिएल परियोजनाको ट्रकमा माओवादीले आगो लगाएका हुन् ।कोइला ढुवानीका लागि प्रयोग गरिएका ट्रकमा माओवादीले आगो लगाएको प्रहरीले जनाएको छ ।१२ जनाभन्दा बढीको समूहमा आएका माओवादीले ट्रकमा आगो लगाए पनि ट्रकका चालकलाई भने केही […]

२०७२ श्रावण ९ गते, शनिबार

बेलायतलाई युरोपेली युनियन मै रहन सुझाव

काठमाडौँ, ८ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायतलाई युरोपेली युनियन मै रहन सुझाव दिएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले यस्तो सुझाव दिएका हुन् । बेलायतमा सन् २०१७ मा जनमत संग्रह हुने छ । जनमत संग्रहमा बेलायत युरोपेली युनियनको सदस्य हुने या नहुनेबारे बेलायती जनताले मतदान गर्नेछन् । अमेरिकी राष्ट्रपति ओबामाले विश्वमा आफ्नो प्रभावलाई बेलायतले […]

२०७२ श्रावण ८ गते, शुक्रबार

नाइल नदीमा डुंगा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं, ७ साउन । इजिप्टको नाइल नदीमा डुंगा दुर्घटना हुँदा कम्तिमा १८ जनाको ज्यान गएको छ । मालबाहक पानी जहाज र यात्रु चडेको डुंगा राजधानी कायरोबाट उत्तरतर्फ नाइल नदीमा ठोक्किएर दुर्घटना भएको हो । पाँच जनाको सकुशल उद्धार गरिएको छ भने अहिलेसम्म चार जनाको मात्रै शव फेला परेको छ । डुंगामा कति मानिस थिए भन्ने […]

२०७२ श्रावण ७ गते, बिहीबार

बग्दादमा विष्फोट, २० जनाको मृत्यु

काठमाडौं, ७ साउन । इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु भएको छ । व्यस्त बजारमा विष्फोट गराईंदा थुप्रै व्यक्ति घाइते भएका छन् । शिया मुस्लिमहरुको वस्तीमा विष्फोट गराइएको हो । केही दिनअघि मात्र आईएसले यस्तै विष्फोट गराएको थियो । बितेको १६ महिनामा इराकमा १५ हजार मानिस मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । […]

२०७२ श्रावण ७ गते, बिहीबार

३२ जनाको सामूहिक अन्त्येष्टी

काठमाडौं, ६ साउन । टर्कीको सुरुच शहरमा गत सोमबार बम आक्रमणमा मारिएका ३२ जनाको सामूहिक अन्त्येष्टी गरिएको छ । अन्तेष्टीमा भावविह्वल भएका मृतकका आफन्त र शुभेच्छुकले मस्जीद अगाडी राखिएको कफनमा पुष्प गुच्छा चढाएका थिए । मृतकमध्ये अधिकांश स्थानीय विद्यालयका विद्यार्थी थिए । सामाजिक समूह फेडेरेशन अफ सोसलिष्ट युथ एशोसिएसनमा आवद्ध सामाजिक कार्यकर्ताले पत्रकार सम्मेलन गर्न […]

२०७२ श्रावण ६ गते, बुधबार

ब्राजिलमा सृंखलाबद्ध हत्या

काठमाडौं,५ साउन । ब्राजिलको मनौस सहरमा तीन दिनमा ३५ जनाको हत्या भएको छ । शुक्रबार रातिदेखि सोमबारबीचमा भएका यस घटनाको कारण खोजी भइरहेको त्यहाँको प्रशासनले जनाएको छ । एक पुलिसकर्मीको बैंक बाहिर गोली हानेर हत्या गरेलगत्तै श्रृंखलाबद्ध हिंसाको खबर आएको हो । हत्या लागूऔषध माफियाको ग्याङवारको कारण हुनसक्ने अनुमान सुरक्षा अधिकारीको छ । पुलिस हत्याको […]

२०७२ श्रावण ५ गते, मंगलवार

अमेरिकामा फहरायो क्यूवाको झण्डा

काठमाडौं, ५ साउन । अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा फहराएको छ । अमेरिका र क्यूवाले कुटनीतिक सम्बन्ध पुनस्र्थापना गरेसँगै अमेरिकामा क्यूवाको झण्डा फहराउन थालेको हो । अमेरिकामा क्यूवाको दुतावास खुलेकोमा वाशिंटनमा एक औपचारिक कार्यक्रम आयोजना गरियो । क्यूवाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजको उपस्थितीमा दुतावास भवनमा क्यूवाको झण्डा फहराइँदा क्यूवाली नेता फिडेल क्यास्ट्रोका समर्थकले खुशीयालीमा […]

२०७२ श्रावण ५ गते, मंगलवार

हूती विद्रोहीको आक्रमणवाट ४३ जना मारिए

काठमाडौं, ४ साउन । यमनको दक्षिणी शहर अदनमा हूती विद्रोहीले गरेको आक्रमणमा ४३ जना मारिएका छन् । शहरमा सरकारी सेनाले नियन्त्रण बलियो बनाउने क्रममा भएको भिडन्तमा एक सयभन्दा बढी घाइते भएका छन् । अदनमा सरकारी सेना र विद्रोहीबीच महिनौंदेखि संघर्ष चलिरहेको छ । साउदी नेतृत्वमा रहेको गठबन्धन सेनाको हवाई आक्रमणको मद्दतले सरकारी सेनाले शहरको धेरैजसो […]

२०७२ श्रावण ४ गते, सोमबार

आसममा बाढीवाट हजारौं मानिस प्रभावित

काठमाडौं, ३ साउन । भारतको असममा लगातारको वर्षापछि आएको बाढीका कारण हजारौं मानिस बेघरवार भएका छन् । मानिसहरु विभिन्न शहरणार्थी शिविरमा आश्रय लिइरहेका छन् । धिमाजी, कोकराझार, लखीमपुर र शोणितपुर जिल्ला सबैभन्दा बढी प्रभावित बनेका छन् । शोणितपुरका केही गाउँमा ब्रह्मपुत्र नदीका सहायक नदीका बाढी पसेर सबैभन्दा बढी क्षति पुर्‍याएको छ । करीब एक लाख […]

२०७२ श्रावण ३ गते, आईतवार