अमेरिकामा भीषण आँधी
आँधीका कारण अमेरिकाको ओक्लाहोमा शहरमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । ३ सय २१ किलोमिटर प्रतिघण्टाको दरले आँधी चलेपछि ओक्लाहोमाको दक्षिणी मूरे उपनगर सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ दर्जनौं घर र विद्यालयहरु भत्किएका छन् । विद्यालय छुट्टी हुने बेलामा आँधी चलेकाले धेरै स्कुले बालबालिका प्रभावित भएका छन् । भत्किएका भवनमा थुप्रै बालबालिका […]
२०७० जेष्ठ ७ गते, मंगलवार