‘बिद्यार्थीलाई कुटपिट गरी गम्भिर घाईते वनाउने प्र.अ. श्रेष्ठलाई कारवाही गर ‘

काठमाडौं । अखिल (क्रान्तिकारी )उदयपुरले आधारभूत बिद्यालय केउरेनिका प्र.अ. जीवन श्रेष्ठले कक्षा १ मा पढ्दै गरेका ६ वर्षिय वालक प्रमोद रोकालाई निर्ममतापूर्वक कुटपिट गरि र गम्भिर घाईते बनाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उलेख गर्दै कुटपिट गरी गम्भिर घाईते वनाउने प्र.अ. श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ । सो संगठनले बालकको सम्पूर्ण उपचार खर्च सम्बन्धित निकायले व्यहोर्नु पर्ने मागसमेत गरेको छ ।
