अखिल (क्रान्तिकारी)द्वारा पोखरा विश्वविद्यालयलाई १३ बुँदे मागपत्र पेश

२०७९ श्रावण ६ गते, शुक्रबार


काठमाडौं । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) कास्कीले शैक्षिक सुधारको माग गर्दै पोखरा विश्वविद्यालयलाई १३ बुँदे मागपत्र बुझएको छ । पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय उपसमिति इन्चार्ज तारा सञ्ज्याल र संगठनका संयोजक सविन सापकोटाको तेतृत्वमा पोखरा विश्वविद्यालयका उपकुलपतिलाई भेटेर शैक्षिक सुधारको माग हित बिध्यार्थीहरुका तत्कालीन समसामयिक समस्याको समाधानको माग राख्दै मागपत्र बुझाएको हो ।
मागपत्रमा भनिएको छ, तत्काल शुल्क निर्धारण गरिनु पर्ने, विश्वविद्यालयमा हुने राजनितीक भागबन्डाको अन्त्य हुनुपर्ने, काठमाडौमा सम्पर्क कार्यालय स्थापना गरिनु पर्ने, रिक्त पदहरुको अविलम्ब पुर्ती गरिनु पर्ने र बिगतमा अखिल क्रान्तिकारी सँग गरिएका सहमतिहरुको कार्यान्वयन गरिनु पर्ने तथा यी मागहरुको उचित सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम समेत घोषण गरिने उल्लेख गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]