सुवाल कलेजद्वारा पीडित विद्यार्थी आन्दोलित

२०७९ मंसिर २८ गते, बुधबार


काठमाडौँ । सुवाल इन्टरनेशनल कलेजद्वारा पिडित विद्यार्थी आन्दोलित भएका छन। भक्तपुस्थित प्रकाश सुवाल प्रीन्सिपल रहेको उक्त कलेजका विद्यार्थी ‘विद्यार्थी ठग्न पाइदैन , प्रकाश सुवाललाई कार्बाहि गर, हाम्रो माग पुरा गर भन्दै आन्दोलनमा उत्रिएका छन् । झण्डै ३ सय ५०विद्यार्थीले मङ्गलवार राजधानीको माइतीघर मण्डलामा धर्नासहित बिरोध प्रदर्शन गरेका हुन।
” सुवाल इन्टरनेशनल कलेजका प्रमुख डा प्रकाश सुवालले ४ महिना अघि नर्सिङ ,फार्मेसी र यच ए मा भर्नाका लागि सूचना आह्वान गर्यो र हामीहरु भर्ना भयौ” एक विद्यार्थीले भने, तर कलेजले नेपालको प्रचलित कानुन र प्रक्रिया पुरा गरेको रहेनछ , राज्यको कुनै निकायबाट अनुमति र सम्बन्धन समेत लिएको रहेनछ ।”
विद्यार्थीलाई भर्ना गर्ने बेला अमेरिका , अस्ट्रेलिया र क्यानडाका बिश्व बिद्यालयबाट सम्बन्धन लिएर कलेज सञ्चालन गरेको बताउदै सिटिइभिटीमा इन्ट्रान्स लिएका ३ सय ५० विद्यार्थी भर्ना गरे पछि कलेज गैरकानुनी रहेको र विद्यार्थी ठगिने अवस्था आउने भन्दै २ हप्ता अघि कानुनी कार्बाहिको माग गर्दै अखिल क्रान्तिकारीलेले आन्दोलन गरेको थियो।क्रान्तिकारी विद्यार्थीको आन्दोलन पछी प्रहरीले सञ्चालक पक्राउ गरि ठगी विरुद्धको मुद्दा चलाइरहेको छ।
विद्यार्थीबाट ७ करोड हाराहारी पैसा उठाइसकेको सुवाल कलेजमा पठनपाठन गरिरहेका विद्यार्थीहरु अब के गर्ने भन्ने अफ्ठ्यारोमा परेकोले पढाइको बैकल्पिक व्यवस्था हुनु पर्ने र ठगीलाई कारबाही हुनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]