यस्तो पो जागिर !

२०७३ असार २३ गते, बिहीबार

काठमाडौँ, २२ असार । तपाइँ हामीलाई थाहा भएकै बिषय हो ,यो संसारमा अनेकौ किसिमका जागिरहरु पाइन्छ । तर अहिले हामि तपाइले कल्पनानै नगरेका जागिर्हरुको बारेमा कुरा गर्दै छौ । तपाई भन्नुहोला कतै भिख माग्न पनि रोजगारी हुन्छ ? के सौतेनी आमालाई कुट्न पनि युवती भर्ना गरिन्छ ? हो यस्ता केही विचित्रका रोजगारीका बारेमा थाहा पाएर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ ।
दुबईका भिखारी
सडकमा भिख माग्ने पनि कुनै रोजगारी हुन्छ ? तर, यही वास्तविक हो । हालै भएको एउटा सर्भेका अनुसार दुबईमा हरेक भिकारीको मासिक पारिश्रमिक करिब ८० लाख छ । मानिसहरु यो सुनेर अचम्म मान्ने छन् तर केही भिकारी ग्याङ्ग आफ्ना भिकारीलाई ठुलो धनराशी पारिश्रमिक दिने गर्दछन् ।
मिस्ट्रेस फाइटर
श्रीमान श्रीमतीबीच तेस्रो कोही आए त्यसलाई बाटोबाट हटाउनेको चीनमा ठुलै माग छ। यी युवती र युवाहरु उक्त तेस्रो व्यक्तिलाई श्रीमान श्रीमतीको जीवनबाट बाहिर निकाल्ने काम गर्दछन् । यो काम गर्ने फाइटर्सलाई मासिक करिब १६ लाख पारिश्रमिक दिने गरिन्छ ।
चल्लाको लिंग छ्ट्याउने काम
के तपाईलाई थाहा छ कुखुराको चल्लाको लिंग छुट्याउने पनि रोजगारी पाइन्छ ? हो, उनीहरुले कुखुराको चल्ला भाले हो कि पोथी हो भन्ने कुरा छुट्याउने गर्दछन् । बेलायतका यसप्रकारको रोजगारीमा खुब माग छ। यसका लागि वार्षिक रुपमा करिब ६० लाख पारिश्रमिक दिने गरिन्छ ।
अँगालो मार्ने जागिर
तपाई कसैको अँगालोमा बस्न चाहनु हुन्छ तर तपाईलाई अँगालोमा लिने कोही पनि छैन । तर, चिन्ता नगर्नुस् । अब अँगालोमा लिएर राख्न पनि एउटा अलग्गै रोजगारी सिर्जना गरिएको छ। उनीहरुलाई ‘प्रोफेशनल हगर’ भन्ने गरिन्छ । अमेरिकाको न्युयोर्कमा यसप्रकारको जागिर प्रचलित छ । यसमा प्रतिघण्टा ७÷८ हजार रुपैयाँ प्राप्त हुने गर्दछ ।
गन्ध सुघ्ने जागिर
गन्ध सुघ्न पनि अब जागिर बनेको छ। पर्यावरण बचाउमा यसको ठुलो योगदान छ । जापानमा मात्र करिब २ हजार यस्ता गन्ध सुघ्नेहरु छन् ।
धकेल्ने जागिर
जापानको अधिकांश सबवेमा मानिसहरुलाई विचित्रविचत्रका रोजगारी प्राप्त हुने गर्दछ । यसलाई ‘सबवे पुशर’ भन्ने गरिन्छ । व्यस्त समयमा सबवेमा जब मानिसको भिड लाग्ने गर्दछ तब उनीहरुले मानिसलाई धकेलेर बाहिर निकाल्छन् ।
घरेलु जनावरको खाना चाख्ने जागिर
तपाईले कहिल्यै पाल्तु जनावरलाई दिने खानेकुरा चाख्नु भएको छ ? तर, अहिले पाल्तु जनावरलाई खुवाइने खाना चाख्ने पनि जागिर पाइन थालेको छ। उनीहरुले जनावरलाई दिने खानाको गुणस्तर र स्वाद बताउने गर्दछन् । यसप्रकारको जागिरमा प्रत्येक दिन १५ हजारसम्म कमाइ हुने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]