बिचित्र शरीरले कमाएको लोकप्रियता

२०७३ असार २३ गते, बिहीबार

काठमाडौं, २३ असार । यो संसारमा कति यस्ता मान्छे पनि छन् जो कुनै न कुनै कारणबाट चर्चामा आइरहन्छन् । यसमा कोही आफ्नो शरीरलाई बिचित्रको बनाएका कारण हुन्छन् भने कोही आफ्नो बिचित्र बानीका कारण लोकप्रिय हुन्छन् ।
अमेरिकाकी यी मोडल पनि आफ्नो शरीरका कारण निकै लोकप्रिय छिन् । न्युयोर्क निवासी २९ वर्षीया मोडल केली ली डीकेको चाहना कार्टुन क्यारेक्टर जस्तो देखिनु हो । यसका लागि यी मोडलले सात वर्षसम्म लगातार स्टील बन्ड टाइट कार्सेन्ट (महिलाको क्लोज फिटिङ फाउन्डेशन गारमेन्ट) को प्रयोग गरिन् । यसको परिणामस्वरुप अहिले केलीको कम्मरको साइज मात्र १६ इन्च छ । केली स्वमयलाई टम ब्वाय भन्न रुचाउछिन् ।
उनले भनिन्–कार्सेन्ट ट्रेनिङले मलाई बाल्यकलको लज्जाबाट बाहिर निकाल्न ठुलै सहयोग पुरायो । जब म सानी थिएँ तब निकै लजालु स्वभावकी थिएँ । तर, कमिक्स बुक्समा जस्तै कार्टुन क्यारेक्टरको चित्रण गरिन्थ्यो । त्यो मलाई साहै्र मन पर्थ्यो ।
अमेरिकाकै लस एन्जल्स निवासी मिकेल रुफिनेली संसारकै सबै हिप भएकी महिला हुन् । उनको हिपको साइज ८ फिट छ । जसका कारण उनको जीवनमा कयौ समस्या पनि आएका छन् । कतै जानका लागि उनलाई प्लेनको दुई वटा टिकट गर्नुपर्ने हुन्छ । उनी कारमा पनि निकै कठिनाइका साथ छिर्न सक्छिन् । उनका चार सन्तान छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]