श्रीमानलाई भाडामा दिन टेण्डर आह्वान !

२०७९ असार १६ गते, बिहीबार


काठमाडौं । लौरा यङले आफ्नो श्रीमानलाई भाडामा दिन ‘रेन्ट माइ हेन्डी हसबेन्ड’ नामको वेबसाइट संचालन गरेकी छिन । बेलायतको समाचार वेबसाइट द सनका अनुसार लौराका श्रीमानको नाम जेम्स हो । लौराका श्रीमानले उनलाई घरको काममा धेरै सहयोग गर्छन् । यो दम्पतीका तीन सन्तान पनि छन् । जेम्सले लौरालाई सबै कुरामा मद्दत गर्छन् । जेम्सले घरमा ओछ्यानसम्म मिलाउने गरेको लौराले बताइन् । त्यसमा ९ फिटको पारिवारिक ओछ्यान पनि पर्दछ । उनले घरको भान्छा पनि मिलाउछन् । महिलाका अनुसार उनका श्रीमान खाने टेबल स्क्र्याचबाट पूर्ण रूपमा तयार गर्छन् । लौरा भन्छिन्, ‘जेम्स पेन्टिङ, सजावट, टाइल बिछ्याउने र कार्पेटको काम पनि गर्न सक्छन् ।’
एक पोडकास्टमा, लौराले जेम्सलाई सबै काम आउने भन्दै उक्त सिपलाई प्रयोग गर्न भाडामा लगाएको कुरा उल्लेख गरिन् । लौराले भनिन्, ‘मानिसहरूले मेरो वेबसाइटमा धेरै चासो देखाएका छन् । तर कतिपय यस्ता पनि छन्, जसलाई मेरो काम मन परेको छैन् । उनीहरुलाई लाग्छ कि मैले केहि गलत काम गरिरहेको छु । तर यदी पैसाको कमी नै भयो भने पनि म गलत्त काम गर्दिन ।’
जेम्सलाई कसरी ट्राम्पोलिनहरू लगाउने भन्ने कुरा राम्रोसँग थाहा छ । उनले दराज पनि बनाउन सक्छन् । सामानहरु कोठामा कसरी मिलाउने भन्ने कुराको ज्ञान पनि आफ्नो श्रीमानसँग भएको ती महिलाको दाबी छ । उनका अनुसार जेम्सले मोटर मेकानिक्स पढ्न कलेज जान चाहेका छन् । त्यसका लागि परिवारलाई पैसा चाहिन्छ । लौराले थप भनिन्, ‘जेम्सलाई सुरुदेखि नै निर्माण कार्यमा काम गर्न मन लाग्थ्यो, मैले उनलाई परिवारको घर बनाउन, साथीको घर बनाउन र साथीहरूको परिवार बनाउन मद्दत गरेको देखेको छु । हाम्रो घरको भाडा करिब ३५ युरो ९अर्थात करिब ४६३१ रुपैयाँ छ ।’ उनको नजरमा कुनै पनि काम सानो वा ठूलो हुँदैन । लौराका अनुसार श्रीमान भाडामा लिन चाहनेको बजेट अनुसार उनको वेबसाइटमा काम उपलब्ध हुन्छ । उनले आफ्नो वेबसाइटमा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई विशेष छुट दिने पनि स्पष्ट पारिन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु