३३ पटक ट्राफिक नियम तोड्ने युवतीलाई ४० लाख जरिवाना !

काठमाडौं । बेलायत कार्डिफ (दक्षिण वेल्स)की एन मारी क्यासले ३३ पटक ट्राफिक नियम ट्राफिक नियम तोडेको भन्दै झण्डै ४० लाख रुपैयाँ जरिवानाजरिवाना गरेको छ । ‘द सन’को रिपोर्टका अनुसार ती युवती ३ महिनामा ३३ पटक ओभर स्पीड (तीव्र गति) मा समातिएकी थिइन् । यही कारणले युवतीलाई झण्डै ४० लाख रुपैयाँ जरिवाना गरिएको हो । उनलाई डेढ वर्ष गाडी चलाउन प्रतिबन्ध लगाइएको छ ।
उनको कारलाई गत वर्ष अगस्टदेखि अक्टोबरसम्म ३३ पटक स्पीड क्यामेराले ओभर स्पीडमा कैद गरेको थियो । कारमा आयरल्याण्डको नम्बर प्लेट थियो । युवतीलाई झण्डै ४० लाख जरिवाना तोकिएको छ भने १८ महिनासम्म गाडी चलाउन बन्देज लगाइएको छ । कार्डिफ, सडकमा एन मारी क्यासको कार हरेक पटक ओभर स्पीडमा थियो । एकै दिनमा आठ पटक ओभर स्पीडमा गाडी कुदेको देखिएपछि प्रहरीले यो घटनाको अनुसन्धान थालेको हो, ताकि लगातार अपराध गर्ने व्यक्ति को हो ? भनेर खुल्न सकोस् । प्रहरीले सो अवधिमा गाडीको नम्बर पनि सार्वजनिक गरेको थियो ।त्यसपछि दक्षिण वेल्स प्रहरीले एउटा गाडी समात्यो । त्यस अवधिमा चालकसँग न बीमा थियो न लाइसेन्स (अनुमतिपत्र) नै थियो । त्यसपछि प्रहरीले निसान एक्स–ट्रेल कारलाई नियन्त्रणमा लिएको हो । कारको मालिक क्यास नै रहेको अनुसन्धानबाट खुल्यो । एन मारी क्यासले कार्डिफ मजिस्ट्रेटको अदालतमा एउटा पत्रमा ओभरस्पीड गरेको स्वीकार गरेकी छिन् । त्यसपछि उनलाई अदालतले सुनुवाइको लागि बोलाएको थियो, जहाँ उनी ड्राइभिङको लागि अयोग्य घोषित भइन् ।