अन्तरिक्षमा पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय !

२०८१ पुष १० गते, बुधबार


काठमाडौँ । क्यालिफोर्नियाको पासाडेनास्थित नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको खुलाशा गरेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ । यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ ।
वैज्ञानिकहरूका अनुसार यो जलाशय ब्रह्माण्डमा १२ अर्ब प्रकाश वर्षको दुरीमा छ । यो जलाशय ब्रह्माण्डको उद्गम भएको केही समय पछिदेखि नै यहाँ रहेको अनुमान गरिएको छ । यसको वरिपरि एक खगोलीय पिन्ड (क्वासर) छ । यो पिन्डले हजारौँ ट्रिलियन सूर्यको बराबर ऊर्जा निकाल्छ । खगोलविद्हरूका अनुसार यो ब्रह्माण्डमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा दुर्गम र सबैभन्दा ठुलो पानीको भण्डारको घर हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु