‘दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैन’

२०८१ जेष्ठ १५ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति नहुने बताएका छन् । मङलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता विषम सीले नेपालको सम्पूर्ण पूँजी दलालहरुको कब्जामा रहेकाले दलालहरुको कब्जाबाट नेपालको अर्थतन्त्र जनताको मजदुरहरुको हातमा फर्काउन दलाल पुँजीवादको अन्त्य गर्नुपर्ने बताउदै भने – ‘नेपालको सम्पूर्ण अर्थतन्त्र दलालहरुको कब्जामा छ जसले यो देशका सम्पूर्ण मजदुररुलाई शोषण गरेको छ आफ्नो दास ठानेको मजदुरहरुलाई तल्लो दर्जाका नागरिक ठानेको छ । त्यसैले यो दलाल पुँजीवादी ब्यवस्था रहेसम्म श्रमिक मजदुरहरुको मुक्ति हुँदैन । यहाँ सम्पूर्ण श्रमिक मजदुर उत्पीडितहरुको उन्नत ब्यबस्था भनेर लोकतन्त्र, गणतन्त्रको नाममा फुलबुट्टा भरेर जनलाई भुलाईएता पनि यो सुधारिएको संसदीय व्यवस्था हो, भ्रम छरिएको छ । तर यो तिनिहरुले भनेजस्तो लोकतन्त्र होइन यो पुरानै संसदीय व्यवस्थाको निरन्तरता हो दलाल पुँजीवादको प्रतिनिधि ब्यबस्था हो ।’

नेता विषम सीले दलाल पुँजीवादका मतियारहरुले निजीकरणका नाममा नेपालका उद्योग कलकारखाना दलालहरुलाई जिम्मा लगाएर लाखौं युवा नेपाली श्रमिकहरुलाई विदेशीन बाध्य पारेर देश धरासायी पारिरहेको बताउदै भने -‘ जबसम्म नेपालमा उद्योग खुल्दैन, जबसम्म नेपालमा उत्पादन हुँदैन तबदम्म नेपालले श्रमिक मजदुरहरुले यस्तो दुर्दशा भोगिरहनुपर्ने छ । यही दुर्दशाबाट देशलाई मुक्त गर्न नेपालमै अवसरको सिर्जना गर्न हाम्रो पार्टीले यसको विकल्प दिएको छ’ उनले भने, ‘कृषिबाट उत्पादित बस्तु उत्पादन गर्ने उद्योग खोल्नुपर्छ । नेपाली जनताको समस्या हल गर्ने, तत्कालिन समस्याको हल गर्न र भविश्यमा हुने समस्याबाटको समाधानका लागि नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ ।’
नेता विषम सीले लक्ष्य प्राप्त गर्न किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई साथमा लिएर जानुपर्ने बताए । उनले नेपालमा विद्यमान गणतन्त्र नाम मात्रको गणतन्त्र भएको बताउदै भने- ‘ यो दलालहरूको व्यवस्था हो, यो मजदुरको व्यवस्था होइन। यसको अन्त्य गर्न नेपाली बिशेषताको समाजवाद अपरिहार्य छ ।’
उक्त सम्मेलनको उद्घाटन सत्रको अन्त्यमा नेता विषम सी, नेतृ शिलु सी,नेता अनिल सी, पिबिएम शन्देश सी लगायतका अतिथिहरुले विभिन्न पार्टी परित्याग गरि नेकपामा धुवीकरण भएका ६० जनाभन्दा बढी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।-शोभराज बराल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु