‘नेकपा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बन्दै गएको छ’

२०८१ श्रावण १४ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेकपा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बन्दै गएको बताएका छन । नेपाली जनसमाज भारतको केन्द्रिय समितिद्वारा आइतबार आयोजित भर्चुअल प्रशिक्षण कार्यक्रमलाई सम्बोफ्हन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले नेपालमा दलालहरु सत्ताको लागि तछाडमछाड गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी श्रममा जुटेको उल्लेख गर्दै भारत प्रवासले विगतदेखि खेल्दै आएको आर्थिक, भौतिक, नैतिक, भूमिका अतुलनीय रहेको र अझै पनि थप जिम्मेवारी लिनु पर्ने बताए । उनले रुकुम, जाजरकोटमा गएको भुकम्पको बेला प्रवास क्षेत्रले गरेको आर्थिक सहयोग महत्त्वपूर्ण रहेको भन्दै नेपाली जनसमाज भारतलाई धन्यवाद दिए ।
दामोदर सीको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रमको सन्चालन मोर्चाको इन्चार्ज आजादसेनले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]