समस्याको कारक पुँजीवादी व्यवस्था

२०८१ श्रावण १५ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सीले वर्तमान राजनतिक संकटको कारक पुँजीवादी व्यवस्था भएको ठोकुवा गरेका छन । सोमबार सुदुरपश्चिम -काठमाडौँ समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता भरत सीले वर्तमान राजनीतिक संकटको समाधान समाजवादमात्र भएको बताए । उनले सुदुरपश्चिमलगायत देशभरका नागरिकका शिक्षा, स्वास्थ, रोजगार र रास्ट्रीय स्वाधीनता सम्बन्धि समस्याहरू गणतन्त्र आएर पनि सम्बोधन हुन नसकेको भन्दै पुँजीवाद व्यक्ति केन्द्रित व्यवस्था भएकोले समाज केन्द्रित व्यवस्था जरुरी रहेको बताए । उनले भने- ‘ बिगतमा पनि केन्द्रिय सामन्ती सत्ताले एकीकरणको नाममा स्थानीय भाषा, सस्कृती,र जनअधिकार समेत मास्न खोजियो त्यस विरुद्ध बाकाबीर,भिमदत्त र दशरथ जस्ता व्यक्तिहरूले बिद्रोह गरे,पछिल्लो जनयुद्धमा समेत सुदुरपश्चिमबाट हजारौं मानिसहरूले बलिदान गरेका छन। तर सुदुरपश्चिमका जनतामाथी अहिले पनि राज्यले असमान व्यवहार र भेदभाव गरिरहेको छ,यद्यपि राज्यको केन्द्रिय तहमा समेत त्यहाँबाट केही व्यक्तिहरु पिगेका छन, तर पनि सुदुरपध्चिममाथीको उत्पीडन अन्त्य भएको छैन ।”
नेता भरत सीले सुदुरपश्चिममा कला, साहित्य, भाषा, आर्थिक राजनीतिक अवस्था लगायत सबै क्षेत्रमा गणतन्त्र आइसकेपछि समेत नागरिकहरुले अधिकारको प्रत्याभूत गर्न नपाएको बताए । उनले नेपालमा अहिले पनि समृद्धि, स्थायित्व र सामाजिक न्यायको मुद्दा सम्बोधन हुन नसकेको, देश थप आर्थिक राजनीतिक अनिश्चिततातर्फ धकेलिन खोजेको एवम् भुूराजनीति चुनौती समेत मडारिएको उल्लेख गर्दै अब नेपाली विशेषताको समाजवाद देशको अपरिहार्य विकल्प भएको बताए ।

नेता भरत सीले नेपाली विशेषताको समाजवादका लागि नेकपाले चार मित्र शक्ति(कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतन्त्रवादी),चार मित्र बर्ग(मजदुर किसान , मध्यम वर्ग,रास्ट्रीय पुजीपती वर्ग) र ६ समुदाय( खसआर्य,जनजाती, दलित समुदाय,मुस्लिम,मधेसी र महिला)को एकीकृत पहलकदमीको अवधारणा अगाडि सारेको र यस आधारमा नै नेपाली विशेषताको समाजवाद खडा हुने बताए । उनले मुलुकको समग्र अवस्थाको तुलनामा शिक्षा ,स्वास्थ,रोजगार,प्रतिव्यक्ति आय,सरदर आयु,मातृ तथा शिशु मृत्युुदर लगायत मानव विकास सूचकांकका हिसाबले सुदुरपश्चिम प्रदेश अझै पछाडि देखिएको उल्लेख गर्दै त्यहाँको मानिसहरूको आर्थिक जीवन छिमेकी भारतसङ्ग प्रत्यक्ष रूपमा जोडिएको बताए ।
उक्त भेलालाई शुभकामना दिदै नेकपाका केन्द्रिय सदस्य एवम् अछाम इन्चार्ज मिना सीले बाकाबीर, भीमदत्त पन्त जस्ता योद्धाको बिद्रोह र बलिदानको पहिचान बनाएको सुदुरपश्चिम प्रदेशअझै क्षेत्रीय उत्पीडनमा परेकोले यसबाट मुक्त हुन सुदुरपश्चिमबासीहरु साझा मुद्दामा एक हुने बेला आएको बताइन् ।
त्यस्तै कार्यक्रममा कर्मचारी संगठनका पूर्वअध्यक्ष गोपाल सिंह धामीले नेपालका हरेक आन्दोलन र परिवर्तनमा सुदुरपश्चिमको विशेष योगदान रहेको स्मरण गर्दै अब नेपाली विशेषताको समाजवादद्वारा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका नेता समर, सम्पर्क मञ्चका रत्न मगर, अखिल समाजवादीका उपाध्यक्ष ललित सी,नवयात्रा सहकारीका अध्यक्ष हर्क बहादुर विश्वकर्मा,महिला नेतृ बिपना, ममता सुर्खेती लगायतको सहभागिता रहेको थियो।त्यस्तै युवा कलाकारहरु मनोज धामी, सरोज जप्रेल, दिलिप दास र बिनय रावलले गजल, कविता, गित र देउडामार्फत कार्यक्रममा मनोरञ्जनसहित सन्देश सम्प्रेषण गरेका थिए।
शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको भेलामा तारा सञ्ज्यालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन प्रकाश जप्रेलले गरेका थिए।
सुदुरपश्चिम काठमाडौँ समाजवादी सम्पर्क मञ्चको उक्त भेलाले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरेको छ ।
विभिन्न पेशा, जागीर र पठनपाठनको सिलसिलामा सुदुरपश्चिम स्थायी बसोबास भई काठमाडौ कर्मथलो बनाएका सुदुरपश्चिमेलीहरुका साझा समस्यालाई सम्बोधन गर्ने उदेश्यले बनाइएको सम्पर्क मञ्चले छिट्टै जिल्ला स्तरको संरचना बनाउन जिल्ला संयोजक तोक्दै कार्यक्रम अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]