नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने

२०८१ श्रावण २७ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक हस्तक्षेपविरूद्ध संघर्ष चर्काउने भएको छ । सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले सो निर्णय गरेको बताइएको छ ।

उक्त बैठकले अमेरिकन एवम् युरोपियनहरुको  हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने, एमसीसीका विरुद्ध प्रदर्शन गर्ने र बिआरआईलाई समर्थन गर्ने, चर्को ब्याज, लघुवित्तको ठगी, मिटरब्याजिको  लुट, महिला हिँसा, सुकुम्बासीको सवालमा संघर्ष चर्काउने निर्णय गरेको बताइएको छ । 

 यसैगरी, उक्त बैठकले धू्रवीकरणको प्रक्रियालाई अगाडि बढाउने, बाँकी रहेका पालिकाहरुमा ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, बाम तथा पुर्व माओवादीहरुबीचको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।

 यसैगरी, उक्त बैठकले  आगामी असोज २५ गते सी स्मृति दिवस मनाउने र सी स्मृति दिवसको अवसरमा सिङ्गो पार्टी पंक्तिलाई असोज २६ गतेदेखि २९ गतेसम्म भ्रमण बिदा दिने निर्णय समेत गरेको बताइएको छ ।

 यसैगरी, उक्त बैठकले पार्टीमा व्यावसायीक चेतनाको बिकास गरी ब्यावसाय सञ्चालन गर्ने र नमुना निर्माण कार्यलाई नियमित रुपमा अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।

 यसैगरी, उक्त बैठकले आउदो भाद्र महिनाबाट कलाकारले सांस्कृतिक अभियान चलाउने र सामना सांस्कृतिक परिवारको तालिम सञ्चालन गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

यसैगरी, उक्त बैठकले राजनीतिक दृष्टिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पार्टीको प्रभाब बढ्दै गएको, पार्टीप्रति जनअपेक्षा र जनविश्वास अभिवृद्धि हुँदै गएको र पार्टीको पक्षमा ध्रूवीकरणको वातावरण बढ्दै गएकोले पार्टीको जिम्मेवारी थप बढेको निष्कर्ष नकालेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, उमा सी, भरत सी, शुशिल सी र पोलिटब्यूरो सदस्य दिपेश सीको सहभागिता रहेको थियो । -क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]