नेकपा कर्णाली प्रदेशद्वारा समाजवादी मार्च सञ्चालन गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशले “रुपान्तरित माओवादी-कम्युनिस्ट एकता आजकोआवाश्यकता, समाजवादी कर्णाली निर्माण अभियान हाम्रो प्रतिबद्धता”भन्ने मुख्य नाराका साथ समाजवादी मार्च सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शुसिल सीको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। उक्त पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको पक्षमा जनमत निर्माण र ध्रुवीकरण गर्नका लागि जिल्ला स्तरसम्म मार्च सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले नेकपाको उत्पादन अभियान अन्तर्गत कर्णाली प्रदेशमा चप्पल कारखाना सञ्चालन गर्ने,समाजवादी कर्णाली शीर्षकको मुखपत्र प्रकाशन गर्ने , जनवर्गीय संगठन र मोर्चा संगठनलाई सुदृढ गर्न भेला सम्मेलन गर्ने र नेकपाका विभिन्न निकायबीच प्रशिक्षण तथा बिचारधारात्मक स्कूल सञ्चालन गर्ने र नेपालको आन्तरिक मामिला र स्वाधीनताविरुद्ध पश्चिमाहरुको हस्तक्षेप बढेको भन्दै एमसीसी विरुद्ध जनपरिचालन र प्रदर्शन गर्ने निर्णय समेत गरेको बताइएको छ।

यसैगरी, उक्त बैठकले संगठन र योजनामा जनवर्गीय संगठनलाई परिपूरक बनाउने,समाजवादी सम्पर्क मन्चलाई विस्तार गर्ने ,प्रदेश कार्यालय सचिवमा केन्द्रिय सदस्य विवेक सीलाई जिम्मेवारी दिने र बिराट सीको नेतृत्वमा उत्पादन बिभाग गठन गर्ने निर्णय गरेको बताइएको छ।
उक्त बैठकमा नेकपाका पोलिटब्युरो सदस्यहरु एटम सी, आधार सी,बन्धु सी केन्द्रिय सदस्यहरु बिबेक सी,ध्रुव सी र रणजीत सीलगायतका नेताहरूको सहभागिता रहेको थियो।