नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको ऎतिहासिक दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको ऎतिहासिक दिन भएको बताउदै पार्टी पुनर्गठन दिवस भब्यरुपमा मनाउन आग्रह गरेका छन् । शुक्रबार सो पार्टीनिकट नेवा र तामाङ मुक्ति मोर्चाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको ऎतिहसिक दिन भएको उल्लेख गर्दै भने- ‘ मङ्सिर ८ सामाजिक दायित्वलाई वर्गिय दायित्वसँग जोडेर जातिय, राष्टिय, वर्गिय मुक्तिका लागि सङ्खघोष गरेको दिन हो । त्यसैले इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताले महान पर्वको रुपमा पार्टी पुनर्गठन दिवस मनाउनु पर्छ । नेकपाले पुर्नगठन दिवसका अवसरमा तत्काल देशमा बढ्दै गएको भष्ट्रचार, राष्ट्रघात, महङ्गी, कालाबजारी, सहकारी ठगी र कुशासनका विरुद्ध बृहत प्रर्दशन गर्ने भएकोले त्यसमा नेवार, तामाङ मोर्चाले व्यापक जनसमुदायको उपस्थित अनिबार्य रहेको छ ।’