नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो (भिडियोसहित )

२०८१ मंसिर ५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशाको दियो भएको ठोकुवा गरेका छन् । सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी नभएको भए देश र जनता अँध्यारो सुरुङ्गभित्र रुमल्लिने थियो भन्दै नेकपाले नेपाली जनतामा एउटा ठूलो आशा पैदा गरेको बताए। उनले बिगत ७५ बर्षदेखि हुँदै आएको कम्युनिस्ट आन्दोलनलाई सफल बनाएरै छोड्ने उद्घोष समेत गरे।
प्रवक्ता प्रकाण्ड सीले हाल जनताको त्याग , तपस्या , बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाबिरुद्द कार्य भइ रहेको बताउदै वर्तमान शासन व्यवस्थाकै कारण महंगी बढिरहेको , भ्रष्टाचार र कमिशनको बेलगाम खेल चलिरहेको बताए । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको ठोकुवा गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा समेत गरे।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै पार्टी पूनर्गठन दिवसको अवसर पारेर बृहत् प्रदर्शनसहित सभा गर्न लागेको बताए । उनले नेकपा पूनर्गठन भएको दिनलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै मङ्सिर ८ गते विशेष दिन भएको भन्दै उत्सवको रुपमा मनाउन लागिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]