नेकपाद्वारा आयोजित बृहत् प्रदर्शन जनसभामा परिणत (भिडियोसहित)

२०८१ मंसिर ८ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको आवसरमा आयोजित बृहत् प्रदर्शन जनसभामा परिणत भएको छ । उक्त आमसभाको अध्यक्षता महासचिव विप्लव सीले गरेका छन् भने कार्यक्रमको संचालन पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले गरेका छन् । काठमाडौँको सुन्धाराबाट सुरु भएको र्याली भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको हो ।
उक्त जनसभालाई नेकपा पोलिटब्युरो सदस्य माइला सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको आमसभामा सामान सांस्कृतिक परिवारले आफ्नो प्रस्तुति पनि प्रस्तुत गरिरहेको छ । कार्यक्रम अघि विभिन्न जातजातिका झाँकी पनि प्रस्तुत गरिएको थियो ।


प्रतिक्रियाहरु

[anycomment]