‘वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्छौ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष गरेका छन् । सो पार्टीद्वारा ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा आज आयोजित जनसभा संचालन गर्दै उनले सो उद्घोष गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले नेपाली जनता र देशले मुक्ति चाहेको ठोकुवा गर्दै दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना रहेको बताए । उनले जनताको यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेरै छोड्ने उद्घोष गर्दै नेपाली क्रान्तिका नायक, जनताको विश्वास पात्र विप्लवको नेतृत्वमा नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा गरे ।