देशको स्वाधीनताको रक्षा गर्न नयाँ मोर्चा अपरिहार्य

२०८१ पुष १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि नयाँ मोर्चा अपरिहार्य रहेको बताए । उनले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध बृहत् मोर्चाबन्दी अपरिहार्य रहेको बताउदै भने- “अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अबरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ। यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य छ, हामी त्यो दिशामा अघि जान्छौं “


प्रवक्ता प्रकाण्ड सीले अमेरिका अहिले सैन्य हिसाबले समेत रक्षात्मक रणनीति अबलम्बन गर्न बाध्य भएको र बहुध्रुबीय बिश्वको चरित्रले उसको ९०को दशकको जस्तो आक्रामक रणनीति अब संभव नरहेको उल्लेख गर्दै आफूहरुले पार्टी र नेतृत्वको सोचलाई प्रयोगमा लिने र प्रयोगका आधारमा नयाँ संश्लेषण गरेर अगाडि बढेको भन्दै अब नेपालबाट बिचारको उच्चतामा संश्लेषण गर्नुपर्ने बताए।


प्रवक्ता प्रकाण्ड सीले बिचार संष्लेशण नेकपा मात्रैको मामिला नभई क्रान्ति , बर्ग र विश्व कम्युनिस्ट आन्दोलनको सवाल भएकोले नेपाल कम्युनिस्ट पार्टीले यसबारे अन्तरास्ट्रिय रूपमा समेत खुल्ला बहस गरेर अघि बढ्न चाहेको बताए। उनले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको आर्थिक उत्पादन अभियानले बुद्धिजीवी , व्यापारी ,उद्योगी लगायत आम जनतामा उत्साह पैदा गरेकोले अब आर्थिक मोर्चाबाट राजनीतिक मोर्चालाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेकोसमेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]