नेपाली विशेषताको समाजवाद: देशको आर्थिक राजनीतिक संकटको निकास

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।


उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्यूझाएको बताए ।


बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लव सीले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए । उनले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको उल्लेख गर्दै समाजवादबारे अहिले सबैतिर बहस छ, धेरै नेताकार्यकर्ता बुद्धिजीवी र पार्टीभित्र समाजवाद आवश्यक छ भन्ने चर्चा छ तर दलाल पुँजीवादलाई पछार्ने र समाजवाद स्थापना गरिछाड्ने दृढतासहित समाजवादलाई एजेन्डा बनाएर लडिरहेको पार्टी नेकपा मात्रै भएको भन्दै विप्लवले त्यसका लागि चुनाव लगायत संघर्षका सबै मोर्चा खोल्नु जरुरी रहेको बताए ।


महासचिव विप्लव सीले संसदीय पुँजीवादी व्यवस्था अन्तर्गत हुने चुनावको प्रयोग गर्ने वा बहिस्कार गर्ने भन्ने कम्युनिस्टहरुको परम्परावादी मान्यता र चुनाव सम्बन्धि लेनिनको प्रयोग भन्दा नयाँ र फरक दृष्टिकोणसहित आफूहरु अगाडि बढिरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]