नेकपाद्वारा नेपाली विशेषताको समाजवादको लागि अभियान सञ्चालन गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकले महासचिव विप्लव सीद्वारा प्रस्तुत ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढता पुर्वक मोर्चा खडा गरौंैं ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं ! चौतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ गरौं !!’ प्रतिवेदन सर्वसम्मतरुपले पारित गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको लागि देशव्यापीरुपमा अभियान संचालन गर्ने, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउने, जनतालाई अपिल गर्ने र साम्राज्यवाद विरुद्ध प्रतिरोध तिव्र पार्ने उद्देश्यले पार्टीको वैचारिक संश्लेषणको प्रस्तावलाई अगाडि बढाउने, क्रान्तिकारीहरुको ध्रूर्वीकरणलाई सुव्यवस्थित एवं तीव्ररुपले सञ्चालन गर्ने, राष्ट्रिय स्वाधीनताको अभियान सञ्चालन गर्ने, ०८४को चुनावलाई संघर्षको मोर्चाकारुपमा उपयोग गर्ने गरी तयारी गर्ने, जनतामा समयमै पार्टीको चुनावी अभियानको सन्देश दिन पार्टी दर्ता गर्ने र उपयुक्त चुनाव चिन्ह लिन पहल गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी उक्त बैठकले संघर्षका कार्यक्रम अन्तर्गत एमसीसी, एसपीपीलाई रोक्न संघर्ष चर्काउने, अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध भण्डाफोर सशक्त बनाउने, भ्रष्टाचार विरुद्ध भण्डाफोर र जनकारवाही गर्ने, सुकुम्बासी, मध्यमवर्गीय व्यवसायीका समस्यालाई उठाएर जनपरिचालन गर्ने र गाउँस्तरमा जनता मागहरुलाई उठाउने निर्णय गरेको बताइएको छ ।
यसैगरी उक्त बैठकले एक नेता एक उत्पादनको नीतिलाई प्रयोग गर्ने, जिल्ला कमिटिसम्म उत्पादनलाई अनिवार्य जोड्ने श्रम दिनलाई उत्पादन र सेवासँग जोड्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी उक्त बैठकले साम्राज्यवादी, धार्मिक अतिक्रमण रोक्न जनसंस्कृति सरक्षण मञ्च निर्माण गर्ने, समाजवादका लागि सामना साँस्कृतिक जागरण अभियान चलाउने, र जनयुद्ध दिवस, सिहिद सप्ताह, महिला दिवस, मइ दिवस रचनात्मक कार्यक्रमसहित मनाउने निर्णयसमेत गरेको बताइएको छ ।

यसैगरी उक्त बैठकले अन्तराष्ट्रियसम्बन्ध विस्तारमा जोड दिने र महान जनयुद्ध दिवस र सहीद सप्ताह दिवसका अवसरमा देशव्यापीरुपमा खेलकुदको आयोजन गर्ने निर्णय समेत गरेको बताइएको छ।