नेकपाले केन्द्रीय समिति बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने

२०८१ पुष १३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीले गत मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो । नेकपाले यही पुस १६ गते जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्न लागिएको नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन अपरान्ह १ बजेवाट सुरु हुने र सहभागिताका लागि सबै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]