नेकपा केन्द्रीय समिति बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुँदै

२०८१ पुष १५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीले गत मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो । भोलि मंगलबार ( १६ गते )अपरान्ह १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले सम्बाेधन गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]