देशलाई आत्मनिर्भर बनाउन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् । सो पार्टीद्वारा संचालित कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १स्थित सी गार्मेन्टकाे उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त सी गार्मेन्टको उद्घाटन गर्दै महासचिव विप्लव सीले सबै खालकाे उत्पादनले पार्टी, नेताकार्यकर्ता र देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताउदै कृषि, उद्योगसँग आत्मनिर्भर बने मात्र देश समृद्धिकाे यात्रा जाने ठोकुवा गरे ।

उक्त कार्यक्रममा नेकपाका स्थायी समिति तथा लुम्बिनी प्रदेशकाका इन्चार्ज विषम सी, स्थायी कमिटी तथा मधेस प्रदेश इन्चार्ज अनिल सी, लुम्बिनी प्रदेशका एमाले संसद अर्जुन कुमार केसी, नेपाली कांग्रेसका नेता उमाकान्त खनाल, रासपाका शिवराज नगरपालिका मेयर अजय थापा, माओवादी केन्द्रका नेता दिनेश पुनको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य संगम सीले गरेका थिए ।