नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय राजनीतिको नेतृत्व लिन तयार

२०८२ कार्तिक १४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीले राष्ट्रिय राजनीतिको नेतृत्व लिन नेकपा तयार रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले जेन जी आन्दोलनपछि बिकसित घटनाक्रमको विश्लेषण गर्दै राष्ट्रिय राजनीतिको नेतृत्व लिन पार्टी तयार रहेको र सोहि अनुसार तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिए। उनले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई सशक्त बनाउन कम्युनिस्ट क्रान्तिकारीहरुसंग एकता , बामपन्थिहरुसंग मोर्चाबन्दी , प्रगतिशील, लोकतन्त्रवादी र देशभक्तहरुसंग सहकार्यको निम्ति प्रदेश , जिल्ला र स्थानिय तहसम्म पार्टीले जिम्मेवार ढंगले पहल लिने भन्दै सोहि अनुसार योजना बनाउन निर्देशन समेत दिए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशको बिशेष परिस्थितिमा पार्टीको काँधमा बिशेष जिम्मेवारी आएकोले पार्टी पङ्क्तिलाई तयार रहन निर्देशन दिए। उनले यहि कार्तिक २० गते बिहिबार काठमाडौँमा हुने जनसंघर्षको कार्यक्रममा हजारौ जनताको सहभागिता गराउन र उक्त कार्यक्रमको प्रचार प्रसार ब्यापकरुपमा गर्न पार्टी पङ्क्तिलाई बिशेष निर्देशन समेत दिए।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा बुधबार सम्पन्न उक्त बैठकले यहि कार्तिक २० गते बिहिबार काठमाडौँमा हुने जनसंघर्षको कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लावाट व्यापक जन -उपस्थिति गराउने र हजारौ जनताको सहभागितामा भब्य र ऎतिहासिकरुपले जनसंघर्षको कार्यक्रम सम्पन्न गर्ने , राष्ट्रिय राजनीतिक परामर्श सम्मेलनका निम्ति राजनीतिज्ञ , बुद्धिजीवी , नागरिक समाज र ब्यापारीलगायतका प्रतिनिधिहरुको तयारी गर्ने ,राष्ट्रिय स्वाधिनताको निम्ति संघर्षको योजना निर्माण गर्ने , हिउँदे कृषि उत्पादनको योजना निर्माण गर्ने , १२ औँ पार्टी पुनर्गठन दिवस र माओ दिवसलाई सी संस्कृतिको ऎतिहासिक दिवसको रुपमा ब्यापक जनसहभागिता सहित मनाउने योजना निर्माण गर्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]