‘नेपाली जनताको असली प्रतिनिधिलाई विजय गराउनु होला’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न निर्वाचनमा नेपाली जनताले आफ्नो प्रतिनिधित्व गर्ने प्रतिनिधि विजय गराउनुको बिकल्प नभएको बताउदै नवदलालसंग संघर्ष गर्ने सक्षम नेतृत्वलाई जिताएर पठाउन अपिल गरेका छन् । मंगलवार कालिकोटको भर्तामा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो अपिल गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले राज्य र राज्य संचालकहरुको जनविरोधी चरित्रले जेनजी आन्दोलन जन्मिएको बताउदै जनेजी आन्दोलनले संसदवादी पार्टी र तिनका नेताहरुलाई सवक सिकाएको बताए । उनले वर्तमान सरकारले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई दुरुपयोग गरी नेपाली जनतालाई उल्लु बनाउने काम गरेको टिप्पणी गर्दै टुडिखेलमा अमेरिकी सेनाको परेड खेल्नु नेपाली सेनालाई अमेरिकी सेना बनाउने षड्यन्त्र भएको बताए । उनले भने- ‘यो सरकार भूइमा खु्टा नटिकेको सरकार हो । यो चुनाव नेपाली जनता र राष्ट्रको चुनाव हुन्छ कि ? या यो चुनाव अमेरिकी साम्राज्यवादी हस्तक्षेपको हुन्छ प्रश्न उठेको छ, १० बर्षसम्म उच्च संघर्ष जनयुद्ध भयो । त्यो बेला राज्यको आतंक दमन नखेपेका कोही हुनुहन्न । त्यसपपछि गणतन्त्र स्थापना भयो । सीमित अधिकार स्थापित भयो । नवदलालहरुले त्यो अधिकार पनि यो चुनाबाट खोस्ने षड्यन्त्र गरेका छन । यो चुनावकोवारे धेरै ठुला प्रश्न छन । नेपाली जनताको नीति आफ्नो र राष्ट्रको मुद्धाको सम्वोधन गर्न सक्ने वा नसक्ने प्रश्नको वीचमा यो चुनाव छ । धेरै ठुलो जिम्मेवारी छ ।’
