नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य

२०८२ कार्तिक १६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य रहेको ठोकुवा गरेका छन्। महासचिव विप्लव सीले सामाजिक सञ्जाल फेसबुकमा ४ बुँदे धारणा राख्दै कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको बताएका हुन्। उनले एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको भन्दै यसमा रमाउन नसकिने पनि बताएका छन्।

प्रतिक्रियाहरु

[anycomment]