नेकपाले लियो दल दर्ताको प्रमाणपत्र : नाम- नेकपा ( माओवादी ), चुनाव चिह्न- गुलाबको फूल

२०८२ मंसिर ३ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको छ । सो पार्टीलाई मंगलबार निर्वाचन आयोगले नाम नेकपा ( माओवादी ), चुनाव चिह्न गुलाबको फूल राखेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।
दल दर्ताको प्रमाणपत्र पाएपछि महासचिव विप्लव सीले पार्टीले निर्वाचनमा भाग लिने बताए । उनले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने उल्लेख गर्दै भने -‘ नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको हो ।’
महासचिव विप्लव सीले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउदै सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने बिश्वास व्यक्त गरे । उनले ढिलोचाँडो निर्वाचन हुने भन्दै समाजवाद नै आए पनि निर्वाचन हुने बताए । उनले भने- ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’
महासचिव विप्लव सीले जनतानै इतिहासको निर्माता भएको बताउदै भने- ‘आज पनि जनतामा भोलि पनि जनतामा । जनताले जुनबाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौं ।’
महासचिव विप्लव सीले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिन्छ निष्कर्ष आफ्नो दलको रहेको समेत बताए ।

प्रचण्डले माओवादी छोडेर विभिन्न साना समूह संग मिलेर पार्टीको नाम माओवादी र माओवादी विचार छोडेर पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र मार्गदर्शक सिद्धान्त माओवाद छोडेर माक्र्सवाद ,लेनिनवाद मात्रै राख्ने सहमति गरि निर्णय गरेपछि माओवादी जनयुद्ध लडेका घाइते अपांग ,सहिद परिवार वेपत्ता परिवार र नेता कार्यकर्ताहरु चिन्तित र निराश भएको र नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी) नामको दल दर्ता गरि प्रमाणपत्र ल्याउदा जनतामा खुशी फर्किएको छ । यस्तै पूर्व जनमुक्ति सेनाका कमान्डरहरु,जनयुद्धका गायकहरु,सहिद परिवार ,घाइते अंपाङ,बेपत्ता परिवारहरुले पनि विप्लव ले नेतृत्व गरेको नेकपा (माओवादी) लाई बधाई शुभकामना दिइरहेको पाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]