‘देशले अग्रगामी निकास खोजेको छ’

२०८२ मंसिर ६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले देशले अग्रगामी निकास खोजेको ठोकुवा गरेका छन् । तत्कालिन नेकपा (माओवादी) र नेपाल सरकारवीच विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको अवसरमा एक बिज्ञप्ति जारी गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले विस्तृत शान्ति सम्झौताका सहमतिहरुलाई अक्षरसः लागू गर्नुपर्ने र जेनजी विद्रोहका प्रस्तावहरुलाई नयाँ सहमतिमा उठाउँदै कार्यान्वयन गर्न अगाडि बढ्नु पर्ने बताउदै नयाँ सहमतिका लागि सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु पर्ने , वर्तमान संविधान संशोधन गरी उच्चस्तरिय निकाय खडागरी संविधान पुनर्लेखन गर्नु पर्ने , अग्राअधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक र समावेसी राज्य पुनर्संरचना गर्नु पर्ने , संविधानमा नयाँ शासकीय स्वरुप सुनिश्चित गरी प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचनमा जानु पर्ने , राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज र पुनरावलोकन गर्नु पर्ने र भ्रष्टाचारीहरुलाई सर्वोस्व हरणसहित जन्मकैद गरिनु पर्नेलगायतका राष्ट्रिय महत्वका प्रस्तावहरु प्रस्तुत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]