चुनावी मोर्चाको प्रयोग क्रान्तिको साधन हुने प्रवल संभावना

२०८२ मंसिर ८ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीर्)का प्रवक्ता प्रकाण्ड सीले चुनावी मोर्चाको प्रयोग क्रान्तिको साधन हुने प्रवल संभावना रहेको ठोकुवा गरेका छन् । निर्वाचन आयोगमा दल दर्ता गर्नुको रहस्य के हो भन्ने प्रश्नको जवाफ दिंदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् । उनले नेकपा(माओवादी) विगत ११ वर्षदेखि नेपाली जनताको समाजवादी राज्य व्यवस्था स्थापना गर्न दलाल पूँजीवादी संसदीय राज्य व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति चलाई राखेको पार्टी भएको तथ्य प्रस्तुत गर्दै नेपालमा दलाल पूँजीवादी राज्य सत्तालाई ध्वस्त पार्दै नेपाली श्रमिक जनताको समाजवादी राज्य व्यवस्था स्थापना गरी जनतालाई मुक्त नगर्दासम्म संघर्ष र विश्वलाई साम्यवादी समाज व्यवस्थामा नपु¥याउदासम्म निरन्तर संघर्ष गर्नु श्रमिक वर्गीय कम्युनिष्ट पार्र्टी (माओवादी) र नेतृत्वको कर्तव्य भएको र यसबाट पार्टी र नेतृत्व नडगने बताए । उनले नेकपा (माओवादी) पूँजीपति वर्गको संसदीय राजनीति र संसदीय व्यवस्था विरोधी नेपाली श्रमिक जनताको क्रान्तिकारी राजनीति र समाजवादी राज्य व्यवस्थाको प्रतिनिधि पार्टी भएको उल्लेख गर्दै अहिले देशको वस्तुगत अवस्था, एकीकृत जनक्रान्तिको उचाई र नेकपाको जिम्मेवारीमा गुणात्मक रुपमा विकास भएको र यो बेला चुनाव पनि जनक्रान्तिको साधक बन्ने अवस्था सिर्जना भएको बताए ।

प्रवक्ता प्रकाण्ड सीले वर्तमान वस्तुस्थिति र जनताको चाहनालाई दृष्टिगत गरी पार्टी र नेतृत्वले पाचौँ केन्द्रीय समितिको पूर्ण बैठकबाट चुनावलाई एकीकृत जनक्रान्तिको संघर्षको मोर्चा बनाउने दृष्टिकोण अगाडी सारी सामना गर्ने नीति लिएको बताए । उनले भने’– म सिङ्गो पाटी पक्ति र आम नेपाली जनतामा के प्रष्ट पार्न चाहन्छु भने कुन बेला भिन्न कुरा भयो, आगामी चुनावमा जनक्रान्तिको मोर्चाको रुपमा पार्टी चुनावमा जान्छ । स्मरण होस् अहिलेको समय र वस्तुगत परिस्थितिमा चुनावी मोर्चाको प्रयोग क्रान्तिकारी र क्रान्तिको साधन हुने प्रवल संभावना छ भने विगतको समय र परिस्थितिमा चुनावी मोर्चा खोलेर प्रयोग गरेको भए संसदवादी र क्रान्तिको वाधक हुने खतरा रहन्थ्यो । समय र पार्टी एवं जनक्रान्तिको अवस्था यसका कारकतत्व हुन जसले चुनावलाई क्रान्तिको साधक र वाधकमा बदल्छन ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेकपा (माओवादी) नेपाली जनताको मुक्तिको विचार बोकेको, जनताको मुद्धामा आजीवन संघर्ष गरेको, नेपाली जनताले आशा एवं अपेक्षा गरेको निश्कलंक पार्टी र जेन–जी विद्रोहपछि नेपाली जनताले राष्ट्रिय राजनीतिमा खोजेको नयाँ वैकल्पिक पार्टी एवं नेतृत्व भएको ठोकुवा गर्दै भने’– नेपाली जनताले नेकपा (माओवादी) र यसको नेतृत्वलाई आफ्नो जिम्मेवारी विश्वासका साथ दिन्छन भन्ने पार्टी र मलाई पूर्ण भरोसा छ । राष्ट्रको स्वाधिनता र नेपाली जनताको मुक्तिको प्रतिनिधि पार्टी एवं नेतृत्व हुनुले नेपाली जनताको साथ नेकपा (माओवादी)लाई रहनेछ भन्ने अगाध विश्वास छ ।’

प्रतिक्रियाहरु

[anycomment]