‘देशको स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी )का प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको ठोकुवा गरेका छन् ।
सो पार्टीको बागमती प्रदेशको सचिवालयको चौथों पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले देशको पछिल्लो राजनीतिक घटनाक्रम नियाल्दा झन अस्थिरता उन्मुख देखिएको तथ्य प्रस्तुत गर्दै जेन जी विद्रोहको मर्म पुरा हुन् नसकेको बताए। उनले जेन जी विद्रोहमार्फत आफ्नो मक्सद पुरा गर्न नसकेका देशी- बिदेशी शक्ति पुन सलबलाउन थालेको बताए ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेन जी बिद्रोहपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले सहि ढंगले कार्य अगाडि बढाउन नसकेको बताए। उनले भने- ‘जेन जी बिद्रोह पछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले जसरी आफ्नो काम अगाडि बढाउनु पर्थ्यो , त्यो सकेको देखिदैन।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सरकारले जेन जी विद्रोहको सारतत्व पक्डिन नसकेको बताउदै यहि कारणले देशको स्थिति झन् झन् जटिल बन्दै गएको बताए। उनले अहिले देश भयङ्कर अन्योलतातर्फ उन्मुख भएको बताउदै यस्तो अवस्थामा पार्टी र नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने भन्दै सोहि अनुरुप अगाडि बढ्न निर्देशन समेत दिए।
