शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना

२०७८ माघ १९ गते, बुधबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]