मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति मधेस प्रदेशका थोरै भू-भागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ जेठ १६ गते (सोमबार)
दिउँसो : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। मधेस प्रदेशका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षाको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ १७ गते (मङ्गलवार)
दिउँसो : प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। छ। प्रदेश १ मा थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ १८ गते (बुधवार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।