एलन मस्कद्वारा ट्वीटर किन्ने घोषणा रद्द

२०७९ असार २५ गते, शनिबार

काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।
ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफूपछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानूनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ । उल्लंघन गरेबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामाना गर्नुपर्ने जनाइएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु