स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन

२०७९ चैत्र २८ गते, मंगलवार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन उक्त निर्देशन दिएको हो । दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ । स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिंदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]