देशभरको मौसम बदलीः मेघगर्जन, चट्याङसहित हल्का वर्षा

२०८० बैशाख १७ गते, आईतवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण देशभरको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार देशमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका १–२ स्थानमा हावाहुरीको सम्भावना रहेको छ । सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलवार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
साथै महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]