अबको ३ दिनसम्म चन्द्रमा बढी चम्किलो देखिने !

२०८० असार १९ गते, मंगलवार


काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ । सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएकाे हाे ।
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र पुर्ण चन्द्रमाको चरणमा पुग्ने हुनेले यसको आकार निकै ठुलो हुनेछ । अमेरिकी तथा पश्चिमाहरु जुलाइको पुर्ण चन्द्रलाई बुकमुन भन्ने गर्दछन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]