अमेरिकी नौसेनाको प्रमुखमा पहिलो पटक महिला चयन

२०८० श्रावण ७ गते, आईतवार

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गरेका छन । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गरेका हुन् ।
नौसेना प्रमुखमा फ्राञ्चेटी निश्चित भए अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य बन्ने उनि पहिलो महिला हुन् । सन् १९८५ मा अमेरिकी सेनाको कमीशनर रहेकी फ्राञ्चेटी हाल नौसेनाको अपरेसन उपप्रमुख रहरकि छिन । फ्रानचेट्टीले अमेरिकी नौसेनाको कोरिया कमाण्डर, संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा पनि काम गरिसकेकी छिन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]