चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

२०८० आश्विन १ गते, सोमबार

काठमाडौँ । चीनले आईतवार याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]