आज राति ४ घण्टा नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद बन्द हुने

२०८१ श्रावण ३२ गते, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने जनाएको छ ।
टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाउदै यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ ।
उसले सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]