आज विश्व फोटोग्राफी दिवस
२०८१ भाद्र ३ गते, सोमबार
काठमाडौँ । आज अगस्ट १९ अर्थात् विश्व फोटोग्राफी दिवस । मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ। नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।
‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो । पछिल्लो समय नेपालमा पनि फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ । संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै मनाउने गरिन्छ ।