राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्ने
२०८१ मंसिर १० गते, सोमबार
काठमाडौँ । राहदानी विभागले राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने जनाएको छ । विभागले सूचना निकालेर पूर्ण रूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै एक-दुई साता लाग्ने जानकारी दिएकाे हो ।
राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ। विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको छ। यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ। एक–दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने पनि विभागले जानकारी दिएको छ।