गूगल म्यापको भरपर्दा तीन जनाको मृत्यु !

२०८१ मंसिर १० गते, सोमबार


काठमाडौँ । गूगल म्यापको भरपर्दा भारतको उत्तरप्रदेशमा बन्दै गरेको पक्की पुलबाट खस्दा तीन जनाको मृत्यु भएको छ । गूगल म्यापको भरमा गुरुग्रामबाट बरेली जाँदै गरेको गाडी फरिदपुरस्थित रामगंगा नदीमाथि रहेको अधुरो पुलबाट खसेको हो ।प्रहरीका अनुसार उनीहरुले गूगल म्याप प्रयोग गर्दै गर्दा उनीहरूलाई पुल अधुरो रहेको जानकारी थिएन ।
फलस्वरूप ट्याक्सी पुलबाट खसेर गम्भीर दुर्घटना भयो । दुर्घटनामा मृत्यु भएका तीनैजना उत्तर प्रदेशकै बासिन्दा हुन् । पीडितको परिवारका सदस्यहरूले प्रशासनलाई दोष दिँदै अधुरो पुलमा अवरोधका संकेत नराखिएको गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु