माइक्रोसफ्टद्वारा स्काइप बन्द गर्ने घोषणा

२०८१ फाल्गुन १७ गते, शनिबार


काठमाडौँ । माइक्रोसफ्टले सामाजिक सञ्जाल एक्समार्फत मे महिनादेखि सधैँका लागि स्काइप बन्द गर्ने घोषणा गरेको छ। स्काइप सन् २००३ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। त्यसपछि सन् २०११ मा माइक्रोसफ्टले यसलाई ८.५ अर्ब डलरमा खरिद गरेको थियो। कम्प्युटरबाट संसारभर रहेका साथीभाइ र परिवारका सदस्यसँग निःशुल्क भ्वाइस-कल गर्न मिल्ने स्काइप कुनै बेला विश्वकै लोकप्रिय वेबसाइटमध्ये एक थियो।
स्काइप बन्द गरेर माइक्रोसफ्टले आफ्नो भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘माइक्रोसफ्ट टिम्स’ लाई थप सुदृढ बनाउन ध्यान केन्द्रित गर्ने एसोसिएटेड प्रेसले जनाएको छ । स्काइप प्रयोगकर्ताले स्काइपकै खाताबाट टिम्समा लग-इन गर्न पाउनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२९ लाख बढी फोरजी ग्राहक थपिए !

२०८१ फाल्गुन २४ गते, शनिबार

सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

२०८१ फाल्गुन ६ गते, मंगलवार

विश्व रेडियो दिवस मनाइँदै

२०८१ फाल्गुन १ गते, बिहीबार